काठमाडौँ– राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहहरूले अनिश्चितकालीन संयुक्त जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।


ADVERTISEMENT


नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले सोमबार एक कार्यक्रम गरी आगामी जेठ १५ गतेदेखि थाल्ने जनआन्दोलन राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना नभएसम्म नरोकिने स्पष्ट पारेको हो। अबको माग राजसंस्था पुनःस्थापनासंगै हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजी रहने उनीहरुको भनाई छ।


ADVERTISEMENT

# # #


उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी शक्ति सहभागी हुने बताइएको छ। समितिद्वारा जारी विज्ञप्तिमा आन्दोलन पूर्ण रूपमा स्वदेशी प्रेरणाबाट सञ्चालित हुने जनाइएको छ। ूयो आन्दोलन नेपाली जनताका लागि, नेपाली जनताद्वारा सञ्चालित राष्ट्रवादी अभियान हुनेछ’ विज्ञप्तिमा उल्लेख छ।

सुवेदीले जेठ १५ गतेदेखि देशभर स्वतःस्फूर्त रूपमा जुलुस, धर्ना र प्रदर्शनहरू सुरु गर्न आह्वान गर्दै आन्दोलनलाई सुदृढ बनाउन जिल्ला, पालिका र वडा तहमा संयुक्त जनआन्दोलन समिति गठन गर्ने प्रस्ताव अघि सारेका छन्।

तीन प्रमुख एजेन्डा—संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्रको पुनःघोषणा, र संघीयताको खारेजी—लाई आन्दोलनको मूल उद्देश्यका रूपमा अघि सारिएको छ।

सुवेदी नेतृत्वको यो घोषणाले आगामी दिनमा देशको राजनीतिक वृत्तमा राजावादी आन्दोलनले फेरि सशक्त उपस्थिति जनाउने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

यस्तो आन्दोलन विज्ञप्तिको पूर्णपाठ