काठमाडौँ – भारत र पाकिस्तानबीचको बढ्दो तनावबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतले २६ पर्यटकको ज्यान जाने गरी पहलगाममा भएको आतंकवादी हमलाको जवाफी कारबाही गरेको दुई दिनपछि नेपालले यसबारे आफ्नो धारणा पुनः प्रस्ट पारेको हो ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । साथै परराष्ट्र मन्त्रालयले पहलगाम हमलाबारे नेपालले तत्कालै निन्दा गरेको स्मरण गराउँदै आतंकवादका विरुद्धको लडाईंमा सबैको साथमा रहेको बताएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तीमा भनिएको छ, ‘स्मरण रहोस्, सबै प्रकारका आतंकवादी क्रियाकलापविरुद्धको आफ्नो दृढ अडान अनुरुप नेपालले तुरुन्त र स्पष्ट रुपमा बर्बर आतंकवादी हमलाको निन्दा गरेको थियो । आतंकवाद विरुद्धको लडाईमा नेपाल सबैको साथमा उभिएको छ। आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन।’

साथै नेपालले भारत र पाकिस्तानबीचको तनाव चाँडै शान्त हुने आशा समेत व्यक्त गरेको छ । विज्ञप्तीमा थप भनिएको छ, ‘नेपालले तनाव कम हुने आशा गर्छ र यस क्षेत्रमा स्थायी शान्ति र स्थिरताप्रति आफ्नो प्रतिबद्धता पुष्टि गर्दछ।’

Image