सोलुखुम्बु– पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क कारले तेश्रो संस्करणको स्पार्क एड्भेञ्चरको आयोजना गरेको छ ।


ADVERTISEMENT


स्पार्क कारले सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गरेको हो । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना भएको तेस्रो संस्करण स्पार्क एड्भेञ्चर शुक्रबारबाट सुरु भएको छ ।


ADVERTISEMENT

# # #


दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।

स्पार्क एड्भेञ्चरमा सहभागीहरूले विवाइडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नेछन् । स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मीलगायत दुई सयभन्दा बढीको सहभागिता रहेको छ ।

स्पार्क एड्भेञ्चरको पहिलो दिन शुक्रबार काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म विद्युतीय सवारीमा यात्रा गराइएको छ । दोस्रो दिन शनिबार सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकनपछि टोली दिउँसो रुम्झाटारमा पुगिनेछ ।

स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुङ्गाको रुम्झाटारको होमस्टेमा रात बिताउने आयोजकले जनाएको छ । यसबाट ग्रामीण पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको तेस्रो दिन सहभागीहरू विद्युतीय सवारीमा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह सिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सिमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो ।