काठमाडौँ राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकाल्दा काठमाडौँको बालाजु, कलंकी र बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ।


ADVERTISEMENT


सुकेधारादेखि बल्खु सम्मको दूरीमा निकालिएको यस र्‍यालीले उक्त क्षेत्रको यातायातमा निकै अवरोध पुर्याएको छ।


ADVERTISEMENT

# # #


राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका प्रमुख नेताहरू र्‍यालीमा सहभागी छन्।

र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए। उनीहरूले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको स्थापनासम्म संघर्ष जारी राख्ने घोषणा गरेका छन्।

समितिले आगामी जेठ १५ देखि जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेको छ।