काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ऐनामा अनुहार हेरेर गाली नगर्न भनेका छन् ।


ADVERTISEMENT


नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


संसद्‍मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासको जवाफ दिंदै उनले भने, ‘विपक्षी दलका माननीयज्यूहरूले अलि टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोल्नु भएको थियो । म त्यता पट्टि जान चाहन्न । ऐना अगाडि राख्ने ऐनामा हेर्ने अनि यस्तो रहिछस् उस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने । मैले त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ । आफैं ऐना हेर्ने आफैं आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।’

ओलीले व्यक्तिगत कुण्ठा र आक्रोश पोख्ने माध्यमको रूपमा संसद प्रयोग गर्नु उपयुक्त नभएको भन्दै सांसदहरूलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह पनि गरेका छन् । उनले भने, ‘संसद जनताको प्रतिनिधित्व गर्ने थलो हो, व्यक्तिगत आक्रोश र अपमानजनक भाषाको प्रयोग गर्नु संसदको मर्यादाविपरीत हो’ उनले टिप्पणी गरे।