काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको पहिलो बैठक सोमबार बसेको छ ।


ADVERTISEMENT


अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सोमबार अपरान्ह बसेको पहिलो बैठकले राष्ट्रियसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ ।


ADVERTISEMENT

# # #


साथै बैठकले अध्यक्ष एवं उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि परशुराम मेघी गुरुङ,राधेश्याम अधिकारी र कालि बहादुर मल्लको नामलाई अनुमोदन गरेको छ ।

त्यस अघि बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले बैठक आवहन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

त्यस्तै नेपालको संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननिय सदस्य केपी ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोराको पत्र पनि पढेर सुनाइन् ।

र्को बैठक भोली मंगलबार ११ बजेका लागि बोलाईएको छ ।