काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार मतदाता नामावली सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


तर, दीपक मनाङ्गेको नाम छैन । मनाङेमाथि ज्यान मार्ने उद्योग अन्र्तगत तत्कालिन पुनरावेदन अदालत पाटने २०६९ साउन २८ गते ५ बर्ष फैसला सुनाएको थियो । तर, सो मुद्धा कायमै रहेका बेला मनाङगेले चार नम्बर प्रदेशको मनाङ जिल्लाबाट प्रदेशसभामा चुनाव जितेका थिए ।


ADVERTISEMENT

# # #


चुनावपछि मनाङ्गेको मुद्धा सार्वजनिक भएको थियो । त्यसपछि उनी फरार छन् । यसअघि उनले प्रदेश सभा सदस्यको समेत सपथ लिएका थिएनन् ।
‘प्रदेश सभाले पठाएको नाम अनुसार निर्वाचन आयोगले मतदाता नामावली प्रकासन गरेको हो हामीलाई पठाएको सुचिमा नै दिपक मनाङगेको नाम छैन’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने ।

राष्ट्रपति निर्वाचनका लागि आयोगले प्रकासन गरेको मतदाता नामावलीमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५४९ मतदता गरी ८८० जना रहेका छन् ।

संघीय संसद अन्र्तगत राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरिएका ३ जनाका हकमा पनि सर्वोचच अदालतमा मुद्धा परेकाले उनीहरुको पनि मतदाता नामावलीमा नम छैन ।

आयोगको सुचीमा कैलाली १ बाट निर्वाचित रेशम चौधरीको नाम भने रहेको छ । टिकापुर काण्डमा मुछिएका चौधरी हाल कैलाली कारागारमा छन् ।