काठमाडौं– काठमाडौं महानगरपालिकाले ऐेतिहासिक पुरातात्विक महत्वका सम्पदामाथि अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाभित्रको सम्पदा अतिक्रमण हुन नदिने घोषणा गरेकी हुन् ।


ADVERTISEMENT


उनले ऐतिहासिक पुरातात्विक महत्वको धरहरा वरिपरिको जमिनमाथि अतिक्रमण गर्ने काम तत्काल बन्द नगरे आफूहरु स्वयम् आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइन् । सोमबार धरहरा परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमेयर खड्गीले स्थानीय सरकारको स्विकृतिबिना अव गुठी संस्थान र मालपोत कार्यालयले समेत कुनै काम गर्न नपाउने दावी समेत गरिन् ।


ADVERTISEMENT

# # #


काठमाडौं भित्रको सम्पदामाथि निरन्तर अतिक्रमण हुन थालेपछि त्यसको विरोधमा महानगरपालिका आफैं उत्रन थालेको हो । उपमेयर खड्गीले सम्पदाहरु ध्वस्त पार्ने काम भइरहेकोमा चिन्ता पनि व्यक्त गरिन् ।