काठमाडौं – संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।


ADVERTISEMENT


नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ । एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


तर, मन्त्रालय भागवण्डा नमिलेका कारण सहमतिले अन्तिम रुप पाउन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।