काठमाडौं – प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् ।


ADVERTISEMENT


संसदको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए । आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले भने, ‘सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा खुशी लागेको छ । यसमा सफलता मिलोस् ।’


ADVERTISEMENT

# # #


एमालेतर्फ संकेत गर्दै कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लागेको बताए ।

तर, संविधानका आधारभूत संरचनामा परिर्वतनको प्रयास नगर्न खबरदारी गरे । धेरै लामो संघर्षबाट संविधान प्राप्त भएको भन्दै उनले भने, ‘संविधानका आधारभूत संरचनामा परिर्वतन गर्ने काम नहोस्, त्यो हामीलाई स्वीकार्य हुनेवाला छैन ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न पनि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

देउवाले आफ्नो नेतृत्वमा चुनाव गरेर संविधान कार्यान्वयन गर्न पाएकोमा सन्तोष लागेको बताए ।