काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले उक्त रिट दायर गरेकी हुन्।


ADVERTISEMENT


हिजो मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। आज उक्त मुद्दा सर्वोच्चको इजलास नम्बर ५ मा परेको छ, जसमा न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन्।


ADVERTISEMENT

# # #


रिटमा मिश्रलाई प्रहरीले गैरकानूनी रूपमा हिरासतमा राखेको आरोप लगाइएको छ। मिश्रका कानूनी प्रतिनिधिहरूले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन्।