काठमाडौँ – बाजुराको हिमाली गाउँपालिका वडा नं. स्थित खिउनेखोला डाँडामा जीप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । शुक्रबार बाजुराको कोल्टीबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जानेक्रममा म १ ज २३३ नम्बरको दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका हुन् ।


ADVERTISEMENT


घाइते हुनेमा जीपका चालक हिमाली गाउँपालिका–२ का २० वर्षीय सबिन बोहरा, वडा नं. ५ की १८ वर्षीय रंगिता बुढा, १८ वर्षीय जुनिता बुढा, १९ वर्षीय विवेक बुढा, वडा नं. ६ की २२ वर्षीय अस्मिता शाही रहेको गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अनुसार घाइतेहरुलाई उपचारका लागि गाउँपालिकाको एम्बु्लेन्समा राखेर बाजुराकै कोल्टी लगिएको छ ।

तस्बिर : हिमाली गाउँपालिका