काठमाडौं– भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज काठमाडौंमा आयोजित सगरमाथा संवादको अवसरमा नेपालका प्रधानमन्त्री सम्माननीय श्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे।
भेटका क्रममा मन्त्री यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा केन्द्रित सगरमाथा संवादको सफल आयोजना गरेकोमा नेपाल सरकारप्रति भारतको प्रशंसा व्यक्त गरे। उनले यस्ता संवादमञ्चहरूले वातावरणीय चुनौतीहरूमा क्षेत्रीय तथा विश्वव्यापी सहकार्यका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
दुवै नेताहरूले स्वच्छ ऊर्जा, जैविक विविधता संरक्षण, तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनजस्ता क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री यादवले आफ्नो भ्रमणका क्रममा नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त न्यानो आतिथ्यका लागि हार्दिक धन्यवाद समेत व्यक्त गरे।