काठमाडौं– भावी राष्ट्रपतिको उम्मेद्वार तय गर्न एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


एमालेभित्र पछिल्ला दिन राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा बहस सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चुनावलगत्तै दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेकी थिइन् । तर, उनको कसरत सर्वसम्मत तहमा पुग्न सकेको छैन् । बरु, उम्मेदवार चयनसम्म आउदा उनीमाथि दवाव बढ्दै गएको देखिन्छ । पार्टीभित्र उनलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा सजिलो अंकगणित छैन् ।


ADVERTISEMENT

# # #


यहीकारण एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको मुद्दा पेचिलो बन्दै गएको छ । बाम गठबन्धनको सहमतिअनुसार राष्ट्रपति एमालेको कोटामा छ । तर, यसमा २ जना आकांक्षी छन् । आकांक्षीलाई लिएर एमालेभित्र नेता विभाजित छन् । राष्ट्रपतिको निर्वाचन अन्र्तगत बुधबार उम्मेदवारी मनोनयन हुँदैछ । त्यसका लागि आज बसेको स्थायी कमिटी बैठकले उम्मेद्वारको टुंगो लगाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुन दोहोरिने आकांक्षा राखेकी छन् भने पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याएका छन् । उनले गत मंसिरमा भएको निर्वाचनको मतदानपछि नै आफु राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । तर, खनालको उक्त चाहनाप्रति पार्टी अध्यक्ष ओली अहिलेसम्म दायाँ हुन सकेका छैनन् ।

एमाले नेताहरुका अनुसार ओली भण्डारीलाई नै निरन्तरता दिने पक्षमा छन् । त्यसका लागि उनले पूर्व पदाधिकारीको भीड बढाउन नहुने भन्दै नजिककालाई बोल्न लगाइसकेका छन् । त्यसैले आजको बैठकमा पनि ओलीले भण्डारीकै नाम अघि सार्ने लगभग पक्का जस्तै छ । तर, बैठकमा अर्का आकांक्षी खनाल पनि देखिने छन् । यदि स्थायी समितिमा सर्वसम्मत निर्णय नभए बहुमतका आधारमा समेत निर्णय गर्नुपर्ने भएको त्यसका लागि समेत एमाले नेता तयार देखिएका छन् ।

एमालेमा रहेको २७ सदस्यीय स्थायी कमिटीमध्ये २२ जनाले मात्र मतदान गर्न पाउनेछन् । जसमध्ये अहिलेको समीकरणमा ओली पक्षका १० र खनाल पक्षमा १० जनाको मत पर्ने देखिएको छ । ४ आमन्त्रित सदस्य र एक पदेन सदस्यको मताधिकार नभएकाले २२ जना निर्णायक हुनेछन् । पार्टी अध्यक्षले मत बराबर भए निर्णायक मत दिन पाउने व्यवस्था छ । राष्ट्रपतिका विषयमा नेता माधवकुमार नेपाल मौन छन् । राष्ट्रपतिमा सर्वसम्मत नभइ मतदान भएनेता नेपलको मत निर्णायक हुने कतिपय एमाले नेताहरुको बुझाई छ ।