काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोलि बुधबार केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।
फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो ।


ADVERTISEMENT


बैठक राष्ट्रपतिको उमेदवारीमा केन्द्रीत रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘‘राष्ट्रपतिको उमेदवारीबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो,’’ उनले भने ।


ADVERTISEMENT

# # #


उनले बैठकबाट सभामुख र उपसमुखको विषयमा पनि टुंगो लाग्ने जानकारी दिए । बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।