काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफुहरुको आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् ।
सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले जनाए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए
। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरु स्थापीत गरिने उल्लेख गरे । यसपटकको आफुहरुको आन्दोलनलाई टुङ्गोमा पुर्याएरै छाड्ने उनले दावी गरे । त्यस्तै केहि दिन अघि प्रधानमन्त्री केपी ओलीले संसदमा संम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरुलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे ।
‘अस्ति भर्खरै प्रधानमन्त्रीले संसदमा भन्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। लाने हो यसपालि टुंग्याएर छाड्ने हो’, उनले भने ।