काठमाडौँ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा नेतृत्व फेरबदल गरेको छ। प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई ८ महिना नपुग्दै हटाएर मन्त्रालयमा फिर्ता बोलाइएको छ।


ADVERTISEMENT


उनको स्थानमा सहसचिव विष्णुप्रसाद कोइरालालाई नयाँ प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ। कोइराला हालसम्म पाँचथर जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यरत थिए।


ADVERTISEMENT

# # #


कोइरालाले यसअघि सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्य गरेकाथिए भने त्यसअघिको कार्यकालमा विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सेवा दिएका थिए।

सहसचिव भट्टराईले २०७९ असोज २३ गतेदेखि त्रिभुवन विमानस्थलमा अध्यागमन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। तर, एक वर्षको कार्यकाल पनि नपुग्दै उनको सरुवा गरिएको हो।

गृह मन्त्रालयले भट्टराईलाई किन समयभन्दा अगावै फिर्ता बोलायो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।