काठमाडौं–गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् । चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन् ।


ADVERTISEMENT


सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् । लिखु गाउँपालिका–६ धाक्रेका चतुरे तामाङलाई पक्राउ गर्न प्रहरी गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो ।


ADVERTISEMENT

# # #


बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए । प्रहरीले खोजेको वास्तविक चतुरे भने गाउँमै छन् । १० वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले ०५५ असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८८५ रुपियाँ जरिमाना फैसला गरेको थियो ।

त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिको हो ।–आजको नागरिक दैनिकबाट