काठमाडौं–ग्रीन टी भन्दै गाँजाको तस्करी गर्न खोजेको आरोपमा तनहुँको बन्दीपुर गाउँपालिका डाँडाछापका देउबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनले मंगलबार विहान सुन्धारास्थित बैदेशिक हुलाक भन्सार कार्यालयको पार्सल निकासी शाखाबाट अन्य व्यक्तिको परिचय पत्र प्रयोग गरि ग्रीन टीको प्याकेट भित्र गाँजा राखेर हङकङ पठाउन खोजेको अरोप लगाइएको छ ।


ADVERTISEMENT

# # #


तामाङले सुनौलो रङको प्लाष्टिकको टल्कने प्याकेटमा ग्रीन टीको स्टिकर टाँसेर प्याकेट भित्र गाँजा राखी हङकङमा पठाउन खोजेका थिए ।

लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले तामाङको गतिविधिमा शंका लागेपछि पिछा गर्दै जाँदा उनी भाग्न खोज्दा पक्राउ गरेको हो । उनले सात प्याकेटमा एक किलो तीन सय ९० ग्राम परिमाणको गाँजा पठाउन खोजेका थिए ।