पोखरा — नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशन पोखरामा धमाकेदार ढंगले जारी छ। यसपटकको महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि स्थायी कमिटी सदस्य रेशु तामाङ चर्चामा छिन्।
‘भिजन रेसु’ भन्ने नारासहित अघि बढेकी तामाङले युवाहरूबीच स्पष्ट योजना, नेतृत्व क्षमता र संगठनप्रतिको प्रतिबद्धताका कारण ‘रेश’ बनाउँदै लगेको देखिन्छ। पार्टीभित्र र बाहिर समेत उनलाई एक सशक्त, सक्रिय र दूरदर्शी महिला नेतृका रूपमा हेरिएको छ।
तामाङ लामो समयदेखि एमालेको विद्यार्थी र युवा आन्दोलनमार्फत पार्टीमा योगदान दिँदै आएकी छन्। संगठन निर्माणदेखि अभियान सञ्चालनसम्म उनको भूमिकालाई नेताहरूले खुलेर प्रशंसा गर्ने गरेका छन्। विशेषगरी युवासंघलाई प्रविधिमैत्री, समावेशी र प्रभावशाली बनाउने उनको भिजन महाधिवेशनमा सहभागी युवाहरूबीच सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
पोखरामा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व चयनमार्फत संगठनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। तामाङको उम्मेदवारीले युवासंघभित्र नयाँ उर्जा थपेको अनुभूति भइरहेको छ।