काठमाडौँ– वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता तथा ग्लोबल भारत ब्रान्ड एम्बेसेडर डा. विजय जोलीले हालै नेपाल भ्रमण सम्पन्न गरेका छन्।
नेपाल र भारतबीचको सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आएको यस भ्रमणमा डा. जोलीले विभिन्न उच्चस्तरीय कार्यक्रम तथा भेटघाटहरूमा सहभागी भए। उनले नेपाल(भारत सम्बन्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा निकै घनिष्ट रहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा ‘नेपाल–भारत सम्बन्धका सांस्कृतिक र सभ्यतागत पक्ष’ विषयक कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै उनले युवा विद्वान, स्नातकोत्तर, एमफिल र पीएचडी विद्यार्थीहरूलाई प्रेरणा दिएका थिए। अर्को कार्यक्रममा ‘समकालीन विश्व सन्दर्भमा नेपाल–भारत सम्बन्ध’, विषयमा विभिन्न नेपाली नेताहरू, पूर्वमन्त्री, प्राध्यापक, पत्रकार र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।
भ्रमणको क्रममा डा. जोलीले नेपालका माननीय राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्री खिलराज रेग्मी, नेपाली कांग्रेसका नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्युन नरसिंह केसी लगायत अन्य सांसदहरूसँग शिष्टाचार भेट गरेका थिए। उनले पाकिस्तानद्वारा सञ्चालित आतंककारी गतिविधिको विरोध गर्दै भारतमा भएका आतंककारी हमलाको कडा निन्दा गरे र नेपालको समर्थनप्रति आभार व्यक्त गरे।
डा. जोलीले पशुपतिनाथ मन्दिरमा पुगेर पहलगाममा पाकिस्तान समर्थित आतंककारीद्वारा मारिएका २६ जना निर्दोष हिन्दूहरुको आत्माको शान्तिका लागि प्रार्थना गरे। प्रमुख पुजारी रावल गणेश भट्टको उपस्थितिमा गरिएको पूजा धार्मिक सद्भावको प्रतीक बनेको थियो। उनले त्यसपछि दक्षिणकाली मन्दिर र ३६५ सिँढी चढेर सन्तानेश्वर महादेव मन्दिरको पनि दर्शन गरेका थिए।
डा। जोलीको भ्रमणले भारत(नेपालबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। धर्म, संस्कृति, सभ्यता र शान्तिको सन्देश बोकेको यस भ्रमणले दुई राष्ट्रबीचको मित्रता थप सुदृढ बनाउने विश्वास गरिएको छ।