काठमाडौँ — नेपाल जग्गा तथा आवास विकास संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा व्यवसायी दीपक कुँवर निर्विरोध अध्यक्ष चयन भएका छन्।


ADVERTISEMENT


संघको साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको हो, जहाँ कुँवरसहित सम्पूर्ण कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको हो।


ADVERTISEMENT

# # #


संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो चयन भएका छन्।

महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा बरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चलकुमार श्रेष्ठ निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा डेगेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दीप श्रेष्ठ, प्रश्रित भोयद्यो, सिद्धान्तविक्रम धमला र आभाष कुँवर छन्।

करीब २५ वर्षदेखि रियलस्टेट क्षेत्रमा सक्रिय कुँवर सीडी डेभलपर्सका अध्यक्ष समेत हुन्। उनले हालसम्म एक दर्जनजति सामुदायिक आवास र अपार्टमेन्ट आयोजना सञ्चालन गरिसकेका छन्।