काठमाडौं–रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाको लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य हुन् ।

विमान दुर्घटनाको कारण खुलेको छैन । आतंकवादी आक्रमण या प्राविधिक गडबडीमध्ये कुनै एक कारणले विमान दुर्घटना भएको अनुमान गरिएको छ ।