काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


ट्रम्पका मुख्य आर्थिक सल्लाहकारमध्येका एक मानिने ग्यारी कोनले पदबाट राजीनामा दिएका हुन् । कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार मानिन्छन् ।


ADVERTISEMENT

# # #


बीबीसीले कोनको राजीनामालाई ट्रम्पको समूहबाट एकपछि अर्का व्यक्तिहरु बाहिरिने क्रमको सिलसिला भएको जनाएको छ । यसअघि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिन पनि राजीनामा दिएर बाहिरिएका थिए ।

कोनको राजीनामाको कारण खुलेको छैन । फ्रि टेडका समर्थक कोन ट्रम्पको स्टिल र आल्मुनियमको आयातमा सीमा शुल्क लिने योजनाप्रति असन्तुष्ट रहेकाले यही कारण राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय यही कारण ट्रम्प र कोनबीच सुमधुर सम्बन्ध नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।