काठमाडौं–राष्ट्रपति पदको उम्मेवारी दर्ताका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छन् । नेकपा एमालेले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय मंगलवार मध्यरातमा गरेको थियो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ र संसद भवनमा निर्वाचन कार्यालय खोलिएको छ ।


ADVERTISEMENT


उम्मेदवारी दर्ताका लागि भण्डारी आफैं जाने तय भएको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठाठेको छ । तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


भण्डारीको उम्मेदवारी मनोनयनका क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेता पनि उपस्थित हुनेछन् । राष्ट्रपतिको प्रस्तावक र समर्थक नै शीर्ष नेता बस्ने तयारी छ ।