काठमाडौं–डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्द पछि बुधबार बिहानै खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामबासीले एकसाता देखि आन्दोलन जारी राखेका थिए ।


ADVERTISEMENT


बन्दका कारण शैक्षिक संस्था, बैङ्किङ कारोबार, दैनिक उपभोग्य बस्तुहरुको आपुर्ती, सरकारी तथा गैह्र सरकारी कार्यलयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबार देखि बन्द खुलाईएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार देखि बन्द खुलाईए पनि सांकेतिक आन्दोलन र बैचारिक आन्दोलनलाई जारी राखिने बताईएको छ । जस अन्तर्गत शान्तिपुर्ण बिरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झन्डा प्रर्दशन लगाएतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।

उनका अनुसार छोटो अवधिमा आफुहरुको माग पुरा नभए पुनःआन्दोलनको स्वरुपमा परिबर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।