काठमाडौँ– सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ लिनु गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दायर भएको छ ।


ADVERTISEMENT


बुधबार अघिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको शुक्रबार पेशी तोकिएको छ ।


ADVERTISEMENT

# # #


शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने रिट दायरकर्ता न्यौपानेले बताए ।

उनले भने –प्रतिनिधिसभाको गठन संविधानको धारा ९३ बमोजिम हुन्छ, क्याविनेटको सिफारिसमा राष्ट्रपतिले सदन आव्न गर्ने व्यवस्था छ । त्यसपछि धारा ८८ मा संसदको सपथको व्यवस्था छ, अनिमात्रै धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्छ यी सवै प्रकृया नपुगेकाले रिट दायर गरेको हुँ ।’

रिटमा न्यौपानेले प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न माग गरेका छन् ।

ओली गत फागुन ३ गते शेरबहादुर देउवाले राजिनामा दिएको एक घण्टामै नियुक्त भएका थिए ।