इटहरी –प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुचना र प्रविधिको समय भएकाले प्रदेश सरकार अब आइटी क्षेत्रको विकासमा बिशेष ध्यान दिने बताएका छन । प्रदेशको विकास र समृद्धिका लागि आइटी क्षेत्रलाई प्राथमिक्तामा राखेर आइटी शिक्षामा जोड दिने बताएका हुन ।


ADVERTISEMENT


प्रदेश सरकारले एक सय दिने निती तथा कार्यक्रम तयार पार्दा समेत आइटी क्षेत्रलाई प्राथमिकतामा राख्ने काम गरिएको समेत बताएका छन । इटहरीमा बुधबारबाट शुरु भएको प्रदेश स्तरको आईटी मेलाको उदघाटन गदै मुख्यमन्त्री राईले यस्तो बताएका हुन । उनले आइटी बिना आफुहरुले चाहेको विकास र समृद्धि सम्भव नभएको भन्दै विद्यालय तह देखि नै आइटी शिक्षामा समेत जोड दिनु पर्ने तर्क राखेका थिए ।


ADVERTISEMENT

# # #


साथै राईले धरान र इटहरीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य लिएको समेत जानकारी दिए ।दुई शहर बायेक अन्य शहरलाई पनि स्मार्ट सिटीको रुपमा विकास गर्न बिभिन्न योजना समेत ल्याउने बताए ।

क्यान इन्फोटेक मेल शुरु
क्यान महासंघ सुनसरीको आयोजनामा क्यान इन्फोटेक मेल शुरु भएको छ । पाँच दिन सम्म चल्ले मेलामा ९२ वटा सुचना प्रबिधि सम्बन्धि स्टल रहनेछन । मेलामा आकर्षणका रूपमा विश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । मेलाबाट सर्वसाधारणलाई पुराना प्रविधिको संरक्षण र त्यसका फाइदाबारे पनि जानकारी दिइने छ ।

मेला अवधिभर विभिन्न आइटी कम्पनीले सामग्री बिक्रीमा विशेष छुटको व्यवस्था गरेका छन् । मेलाबाट सूचना प्रविधिसम्बन्धी नयाँ जानकारी दिनुका साथै आइटीका नयाँ उत्पादनसमेत खरिद गर्न पाइने छ ।

इटहरीमा पहिलोपटक आयोजना गरिएकाले मेला सफल हुनेमा आफूहरू विश्वस्त रहेको मेला संयोजक शन्देश राईले बताए । उनका अनुसार मेला अवधिभर मेलास्थलमा निःशुल्क वाइफाई व्यवस्था गरिएको छ । साथै मेलामा प्रबेश गर्नेहरुको लागी डिटेक्ट टिकटको व्यवस्था गरिएको जसमा डिटेक्ट मेशिनलाई उक्त टिकट देखाएर मात्र भित्र प्रबेश गर्न दिइने मेशिन जडान गरिएको छ ।