काठमाडौँ – यातायात व्यवसायीले दुई दिनदेखि गर्दै आएको सवारी बन्द र हड्ताल फिर्ता लिएका छन् । मंगलबार गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीको केन्द्रीय महासंघले देशभर भोलिदेखि सवारी नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT


यद्दपि केही ठाउँमा आज रातीदेखि नै सवारी सञ्चालनमा आउन सक्नेछन् । पूर्ण रुपमा भने भोलि बिहानदेखि नै सञ्चालनमा आउने यातायात महासंघका एक पदाधिकारीले बताए । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज नै सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि प्रदेश सरकारलाई पत्राचार गरेको थियो ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेश सरकारले यही जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । त्यसको विरोधमा व्यवसायीले जेठ ८ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेश र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्दै आएका छन् ।