काठमाडौँ – मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामी शिव महर्जन उपचारपछि सफल रूपमा डिस्चार्ज भएका छन्।


ADVERTISEMENT


मकवानपुरका ५१ वर्षीय महर्जनलाई जेठ १ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुबै अंग प्रत्यारोपण गरिएको थियो।


ADVERTISEMENT

# # #


सडक दुर्घटनामा परेका १८ वर्षीय युवाको मस्तिष्क मृत्यु भएपछि उनको परिवारले अंगदान गरेको थियो। डा। पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सक टोलीले एकै व्यक्तिमा सफल रूपमा कलेजो र मिर्गौला प्रत्यारोपण गरेको थियो। मृतकको अर्को मिर्गौला भने ४२ वर्षीया महिला फूलमाया नेपालीलाई प्रत्यारोपण गरिएको थियो, जसलाई जेठ १४ गते डिस्चार्ज गरिएको थियो।

उपचारपछि १९ दिनमै घर फर्किएका महर्जन र उनका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति विशेष आभार व्यक्त गरेका छन्। नेपालमै न्यूनतम शुल्कमा यस्तो जटिल शल्यक्रिया सम्भव भएकोमा उनी आश्चर्यचकित छन्।

डा। पुकार श्रेष्ठले यो सफलता नेपाली स्वास्थ्य सेवाको ठूलो उपलब्धि भएको बताए। अंगदानदाताको परिवार र काठमाडौं मेडिकल कलेजप्रति पनि सबैले कृतज्ञता प्रकट गरेका छन्।