काठमाडौं–मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको छ ।


ADVERTISEMENT


सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो । मर्ज भएर बनेका मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो ।


ADVERTISEMENT

# # #


मर्ज भएर बनेका मन्त्रालयको सांगठानिक संरचना नबन्दा समेत अन्योल थपिएको छ । मर्जका कारण एउटै मन्त्रालयमा तीन जनासम्म सचिव छन् ।

तर मन्त्रालयको सांगठानिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा के कति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको मन्त्रालयका सचिवहरु बताउँछन् । नयाँ सरकारगठन भएसँगै संविधानको प्रावधानअनुसार सकारले मन्त्रालयको संख्या तीसबाट घटाएर १७ बनाएको थियो ।

एमाले र माओवादीले मन्त्री कसलाई बनाउने भन्ने टुंग्याउन नसकेको र संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिता विषयमा छलफल चलिरहेका कारण मन्त्री नियुक्तिमा ढिलाई भएको हो ।

हाल प्रधानन्त्रीले ६ मन्त्री मात्रै नियुक्त गरेका छन् । यी मन्त्री संरचना पुरानै रहेका मन्त्रालयमा नियुक्त भएका हुन् ।–आजको नागरिक दैनिकबाट