काठमाडौं–राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री र उपराष्ट्रिपति वा तीन मन्त्री मागेका हुन् । प्रधानमन्त्रीले राजपाका सांसद रेशम चौधरीलाई संसदमा सहभागी हुने वातावरण मिलाउलने आश्वासन दिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


संघीय समाजवादी फोरमलाई सत्तामा ल्याउन दुई बुँदै सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन् । राजपाले सरकारमा जाने–नजाने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ ।

अध्यक्ष मण्डलको बुधबारको बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै मतदान गर्ने निर्णय गरेको महामन्त्री केशव झाले जानकारी दिए ।–आजको अन्नपूर्ण पोस्टबाट