काठमाडौं–मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


मोटरसाइकल र त्यसका चालक उर्लाबारी–७ बस्ने २६ वर्षीय दिनेश खड्का सामान्य घाइते भएपछि उपचारपश्चात् नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।