काठमाडौं–दोस्रो हाफको तीन मिनेटमा अन्तरालमा दुई गोल गर्दै इंग्ल्सि क्लब टोटनहम हटस्पर्सलाई हराउँदै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो लेग टुरिनमा २–२ को बराबरीमा सकिएको खेलको दोस्रो लेगमा सन ह्युङ मिनले पहिलो हाफमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए थिए ।


ADVERTISEMENT


निकै रोमाञ्चक बनेको पहिलो हाफमा सन र ह्यारी केनले थुप्रै अवसर गुमाएका थिए भने जान भेर्टोगेनले डगलस कोस्टालाई लडाएपनि युभन्टेसले निश्चित पेनाल्टीको अवसर पाएन । खेलमा युभेन्टसले नियन्त्रण राखे पनि खेलको ६४ औँ मिनेटमा सामी खडिराको पासमा गोल गर्दै युभन्टसलाई खेलमा फर्काउने प्रयास गरे ।


ADVERTISEMENT

# # #


यसको फाइदा उठाउँदै पाउलो डिबालाले तीन मिनेटपछि अर्को गोल थप्दै टोटनहमलाई स्तब्ध बनाए । त्यसपछि युभन्टेसले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन ।

केनको प्रयास पोष्टमा लागे पनि गोल लाइनमा उर्फदै जाली चुम्न सकेन । सन् २०१०–११ सिजनको क्वाटरफाइनलसम्म पुगेको स्पर्सको पछिल्लो १८ खेलमा पहिलो पराजय थियो भने युभन्टेस २२ नोभेम्बरदेखि २० खेलमा अपराजित रहेको छ ।

योसँगै च्याम्पियन्स लिगबाट बाहिरिने स्पर्स पहिलो इंग्लिस टोली बनेको छ ।