काठमाडौँ — नेकपा एमालेकी नेतृ रेशु तामाङले एसईई परीक्षाका विद्यार्थीहरूलाई लक्षित गर्दै एक महत्वपूर्ण सामाजिक अभियान सार्वजनिक गरेकी छन्। अभियान अन्तर्गत सुनसरी जिल्लाका एसईई तह उत्तीर्ण विद्यार्थीहरूले एक वर्षसम्म निःशुल्क ट्युसन पाउनेछन्।


ADVERTISEMENT


तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उक्त अभियानको जानकारी दिँदै, आर्थिक अभावका कारण धेरै विद्यार्थीहरू ट्युसन कक्षामा सहभागी हुन नसकेको तथ्यप्रति आफू जानकार रहेको र यही समस्याको समाधानस्वरूप निःशुल्क ट्युसन कार्यक्रम ल्याएको बताएकी हुन्।


ADVERTISEMENT

# # #


उनका अनुसार, विद्यार्थीहरूले सुनसरीमा रहेको मार्फत ट्युसन लिन सक्नेछन्। इच्छुक विद्यार्थीहरूले रेशुलाई सम्पर्क गर्न सक्नेछन् वा एम्बिसन गुरुको मोबाइल एप्समार्फत ‘सुनसरी’ अप्सन छानी अनलाइन फर्म भरेर समेत सहभागी हुन सक्नेछन्।

यस अभियानले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने विश्वास गरिएको छ।