काठमाडौं–राष्ट्रपति चयनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारमाथी परेका उजुरीको छानबिन गर्दै निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशित गर्दैछ ।


ADVERTISEMENT


आयोगले साँझ ६ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ । त्यसअघि मनोनयन दर्ता गराएका उम्मेदवारलाई नाम फिर्ताका लागि अपरान्ह साढे ४ बजेदेखि १ घण्टा नाम फिर्ताको समय उपलब्ध गराईने निर्वाचन कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


त्यस्तै उम्मेदवारमाथी हिजो दिउँसो ३ देखी आज दिउँसो २ बजेसम्म पर्ने उजुरीको छानबिन गर्दै अपरान्ह ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागी हिजो सत्तारुढ बाम गठबन्धनबाट वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी र नेपाली कंग्रेसबाट कुमारी लक्ष्मी राईले मनोनयन दर्ता गराएकी छिन् ।

राष्ट्रपतिको निर्वाचन आगामी २९ गते बिहान १० देखी दिउँसो ३ बजेसम्म हुनेछ ।