काठमाडौं–इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो ।


ADVERTISEMENT


कुटपिटमा परी कृष्ण पाठक भने गम्भीर रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


घाइतेहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा गम्भीर भएर लाग्न प्रशासनलाई रेडियोले ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT

#
#


स्टेशन म्यानेजर प्रेम अधिकारीले यो घटनाले जिल्लामा सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको भन्दै गम्भीरतापूर्वक लाग्न प्रशासनलाई अनुरोध गरेका छन् ।

प्रतिकृया

प्रतिकृया