चितवन  — चितवन जिल्लाको मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिकै ठूलो पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।


ADVERTISEMENT


स्थानीयका अनुसार सोमबार बिहान पहिरो खसेको हो। पहिरोका कारण सडक दुबैतर्फबाट बन्द हुँदा सवारी साधनहरू रोकिएका छन् र यात्रुहरूलाई सास्ती भएको छ।


ADVERTISEMENT

# # #


घटनास्थलमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।

मुसलधारे वर्षापछि पहिरो खस्ने क्रम बढ्दै गएकोले यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

अधिकारीहरूका अनुसार पूर्णरूपमा सडक खुलाउन अझै केही समय लाग्न सक्छ।