मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाले सोमबार मनहरी क्षेत्रका विभिन्न १२ स्थानमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्।
सेवाभाव, मेहनत, लगनशीलता र निरन्तरता राजनीतिको आत्मा भएको उल्लेख गर्दै बानियाँले स्थानीय जनताको सुख–दुखमा साथ दिँदै विकासका कामप्रति चासो व्यक्त गरे। उनले समसामयिक राजनीतिक विषयहरूमा पनि स्थानीयहरूसँग संवाद गरेका थिए।
उक्त कार्यक्रम अन्तर्गत उनले जनसमस्याहरूको स्थलगत अवलोकन गर्दै आवश्यक सुझाव लिए।
स्थानीय कार्यकर्ता, नेताहरू र सर्वसाधारण नागरिकहरूसँगको लगातार संवादमा जुटिरहेका बानियाँको यो सक्रियता जनतामाझ उनको लोकप्रियता र प्रतिबद्धता झल्काउने देखिएको छ।
स्थानीयवासीले उनको यो सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्।