काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर विषय उठाउँदा सरकारले उल्टै आक्रोश व्यक्त गरेको भन्दै आपत्ति जनाएको छ।


ADVERTISEMENT


सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीले २०६४ सालदेखि नै जारी मानव तस्करीको जटिल जालो च्यात्न उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताइन्।


ADVERTISEMENT

# # #


“हामीले दोषीमाथि कडा कारबाही र सुशासनको मागसहित अनुसन्धानको माग गरिरहेका छौँ,” उनले भनिन्, “तर यस्तो संवेदनशील विषय उठाउँदा रोष्ट्रमबाट आक्रोश झल्काउने र धम्क्याउने प्रवृत्तिको उद्देश्य के हो ?”

उनले गृहमन्त्रीको प्रत्यक्ष संलग्नता नभएको स्पष्ट पार्दै पनि विषयप्रति उनको भूमिका शंकास्पद देखिएको भन्दै छानबिन निष्पक्ष हुन नसक्ने धारणा राखिन्।

रास्वपाले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संगठित स्वरूपका रूपमा चित्रण गर्दै संसदभित्र र बाहिर निरन्तर दबाब दिँदै आएको छ।