काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बसेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको आयोगको पहिलो बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्काे साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको बताइएको छ । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको थियो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए ।