काठमाडौं–यो वर्ष वैदेशिक सहायतामा ठूलो गिरावट आएको छ । वैदेशिक सहायता परिचालनका लागि संघीय संरचनाअनुसारको नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो वर्षको तुलनामा सरकारले प्राप्त गर्ने वैदेशिक सहायता घटेको हो ।


ADVERTISEMENT


सरकारले वैदेशिक सहायता परिचालनका लागि आवश्यक विकास सहायता नीति, विकास सहायता परिचालन मार्गदर्शनलगायतका नीति निर्माण गर्न सकेको छैन ।


ADVERTISEMENT

# # #


नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ३८.१७ प्रतिशतले कमी आएको छ ।

अर्थ मन्त्रालयले तयार पारेको ‘आर्थिक वर्ष २०७४/७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन’ अनुसार सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ५८ अर्ब १३ करोड ११ लाख रुपैयाँ कम वैदेशिक सहयता प्रतिबद्धता प्राप्त गरेको छ ।

‘मुलुक संघीय संरचनामा रूपान्तरण भएको अवस्थामा वैदेशिक सहायता परिचालनका लागि सोहीअनुसारको नीतिगत व्यवस्था तयार हुन बाँकी छ’, अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा औंल्याइएको छ ।–आजको नागरिक दैनिकबाट