काठमाडौं–साइमेक्सले इन्क प्रालिले काठमाडौं महानगरपालिकालाई मोनो (स्काई) रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । उपत्यकाका पाँचवटा रुटको अध्ययन गरेर उसले प्रतिवेदन बुझाएको हो ।


ADVERTISEMENT


एक वर्षको निःशुल्क अध्ययनपछि उसले महानगरलाई कानुनी तथा अन्य समस्या हटाएर बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृतिको लागि अनुरोध गरेको छ । ‘केही दिनभित्रै हामी डीपीआरको लागि स्वीकृति दिन्छौं’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब उपत्यकाको यो आवश्यकता भइसकेको छ।’


ADVERTISEMENT

# # #


पाँच वटा रुटमध्ये पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुरमा रुटको विस्तृत अध्ययन तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन मौखिक सहमति दिइसकेको उनले जानकारी दिए।–आजको कान्तिपुरबाट