काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।


ADVERTISEMENT


आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसंगै इप्पान ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले टेक एण्ड पे पीपीए हटाएपछि अब इप्पानको ध्यान नेपाल सरकारले अघि सारेको ऊर्जा विकास लक्ष्यमा केन्द्रित हुने बताए ।


ADVERTISEMENT

# # #


सरकारले अब आन्दोलनमा जाने वातावरण नबनाउने बताउँदै उनले ऊर्जा क्षेत्रमा थप लगानीका लागि सक्रिय हुने धारणा राखे । ‘टेक एण्ड पे’ का कारण हालसम्म निजी क्षेत्रबाट लगानी भएको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्ने अवस्था सिर्जना भएपछि आफूहरुले सरोकारवाला निकायलाई उक्त प्रावधान हटाउन ध्यानाकर्षण गराएको र सरकारले आफूहरुको मागलाई सम्बोधन गरेको अध्यक्ष कार्कीले बताए ।

बजेटमै टेक एण्ड पे पीपीए गर्ने घोषणा भएकोमा यसलाई परिवर्तन गरी वित्तिय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत र निर्यात हुने यकीन भएका विद्युत प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाहरुको पीपीए गर्न सकिने उल्लेख गरिएको उहाको भनाइ छ । अध्यक्ष कार्कीले इप्पानले गरेको भद्र र शान्तिपूर्ण आन्दोलनबाटै टेक एण्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिएको जिकिर गरे ।

ऊर्जा विकास मार्गचित्र, २०८१ को आधारमा पीपीए खुला भई निजी क्षेत्रले ढुक्कका साथ लगानी गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको उनले बताए । उनले सरकारको १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने तथा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजनालाई सफल बनाउने दायित्व निजी क्षेत्रको पनि भएको समेत बताए ।