काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले २०८१ चैत्र ७ गतेदेखि सुरु भएको एसईई परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यसपटकको परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ जना विद्यार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा अनुसार २ लाख ७१ हजार २९९ जना विद्यार्थी जीपीए ग्रेडेड भएका छन् भने १ लाख ६७ हजार ५९७ जना ननग्रेडेड भएका छन् । यसरी कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेडेड भएका छन् ।


ADVERTISEMENT

# # #


यसपटकको एसईई परीक्षामा गणित विषय विद्यार्थीलाई गाह्रो परेको देखिन्छ । जस अनुसार सबैभन्दा बढी गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी नन-ग्रेड भएका छन् । यस्तै अंग्रेजीमा ८० हजार ६७२ जना विद्यार्थी नन-ग्रेडेड भएका छन् ।

नेपालीमा ५४ हजार ७३५ जना, विज्ञान र प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थी नन-ग्रेडेट भएका छन् भने सामाजिक अध्ययनमा ५३ हजार १८६ विद्यार्थी, अर्थशास्त्रमा ४२ हजार १५० जना, अतिरिक्त गणितमा १८ हजार २२२ जना नन-ग्रेडेड भएका छन् ।

नतिजा अनुसार उत्तीर्ण हुने विद्यार्थीको संख्या गत वर्षभन्दा केही बढेको बोर्डका अध्यक्ष शर्माले बताए । बोर्डका अध्यक्ष शर्माका अनुसार साउन २९ गतेदेखि ग्रेडवृद्धि परीक्षा तोकिएको छ । यसपटक पनि सबै विषयमा ग्रेड वृद्धिको लागि परीक्षा दिन पाउने छन् ।