काठमाडौं–माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखका लागि महरासागै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी थियो ।

सभामुखको उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।