दाङ–तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दे पाण्डेले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


नगरप्रमुख पाण्डेले वृद्धाश्रमको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले गर्नसक्ने जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि बताएका छन् । “यो ठाउँलाई ज्येष्ठ नागरिकका लागि पवित्र र नमूना थलोका रुपमा विकास गर्न मेरो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन,” उनले बताए ।


ADVERTISEMENT

# # #


केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सक्दो सहयोग गर्न वृद्ध सेवा समितिका अध्यक्ष तथा मूल आयोजक समितिका सयोजंक खुमानन्द अधिकारीले सबैलाई आग्रह गरेका छन् ।

सो अवसरमा आफ्ना बुबाआमाको स्मृतिमा वृद्धाश्रम निर्माण गर्नका लागि दुई बिगाहा जग्गादान गर्ने दानवीर नारायणप्रसाद गौतम र शान्ता गौतमलाई सम्मान गरिएको थियो ।

महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा पनि निकालिएको थियो । महायज्ञको कथा वाचकमा रवीन्द्रकृष्ण अधिकारी रहेका छनभने महायज्ञ फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।