काठमाडौं – केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीनजना सांसदको सपथग्रहणको बाटो सर्वोच्च अदालतले खोलिदिए पछि उनीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।


ADVERTISEMENT


सर्वोच्चले तीनजना सांसदको सपथ ग्रहण रोक्न दिएको अन्तरिम आदेशलाई बुधबार खारेज गरिदिएको थियो । सर्वोच्चको यो आदेशसँगै सांसदहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलले सपथ ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले सपथ गराएकी छिन् ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण तीनैजना सांसदले सपथ लिन पाएका थिएनन् ।