बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै सकेट बम फेला परेको छ । प्रहरी कार्यालय बाट १ सय मिटर उत्तरतर्फ प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको सकेट बम निश्क्रिय पार्नका लागी नेपाली सेनाको टोली त्यसतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


ADVERTISEMENT


प्रहरी स्रोतका अनुसार नेपाली सेनाले संकटकालमा राखेको उक्त सकेट बम गोरु जोत्ने क्रममा शुक्रबार फेला परेको हो ।


ADVERTISEMENT

# # #


‘शंकास्पद बस्तु फेला परेको छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी हरि ओलीले भने, ‘पुरानो सकेट बम हुनसक्छ, आवश्यक अनुसन्धान भइरहेको छ ।’