रुघाखोकी सामान्यतया केही दिन वा हप्तामा आफैँ निको हुने गर्छ । यस्ता समस्या मौसम परिवर्तन र भाइरसका कारण हुने भएकाले त्यति ठूलो उपचारको जरुरत पनि पर्दैन । तर, मानिसलाई यसबाट छिटो उन्मुक्ति पाउन खोजिरहेको हुन्छ । किनकि, यसले दैनिक काममा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ । घरमा अपनाइने केही सावधानीले यस्तो अवधिलाई छोट्याउन पनि सकिन्छ । जुन धेरै हदसम्म खानामा निर्भर हुन्छ । रुघाखोकीलाई छिटै निको पार्नका लागि खान हुने र नहुने पदार्थबारे स्टाफ नर्स प्रियंका विकले बताएकी छिन् :


ADVERTISEMENT


के खाने ?
फ्लु र चिसो भएको अवस्थामा हाम्रो शरीरबाट विभिन्न माध्यमले फ्ल्विडको अवस्था कमजोर भइरहेको हुन्छ । त्यसैले, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्न जरुरी हुन्छ । तर, कहिल्यै पनि चिसो पानी र झोलिलो पदार्थको भने प्रयोग गर्नु हुँदैन ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा बाफ लिँदा पनि समस्याबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

चियाको मात्रा घटाउनुपर्ने हुन्छ । हर्बल–टी पिउँदा भने फाइदाजनक नै हुन्छ ।

यस्तो समस्याबाट छोटो समयमै मुक्त हुन तातो पानीमा मह राखेर पनि खान सकिन्छ ।

अदुवापानीको प्रयोग पनि उत्तम मानिन्छ ।

यस्तो अवस्थामा दूध तथा दूधजन्य पदार्थको सेवन बढाउन जरुरी हुन्छ ।

यदि तपाईं फ्लुबाट ग्रसित हुनुहुन्छ भने फलफूल र तरकारीको प्रयोग गर्न पनि छुटाउनु हुँदैन ।

यस्तो अवस्थामा ठोस पदार्थको अत्यधिक सेवनले समस्यालाई लम्ब्याउन सक्छ । त्यसैले नरम तथा निल्न सजिलो हुने खानेकुराको प्रयोगमा जोड दिनुपर्ने हुन्छ ।

भिटामिन सीयुक्त खाना तथा फलफूलको प्रयोग बढाउनुपर्छ । सुन्तला, कागती, अम्बा, काउली, टमाटर, हरियो सागपात, बदाम, अन्डा आदिको प्रयोगले रुघाखोकी छोटो समयमै निको हुन सहयोग पु-याउँछ ।

खान नहुने

चिया, कफी
कोला, मदिरा
चिनियुक्त खाद्यपदार्थ यस्तो पदार्थको सेवनले ब्याक्टेरियासँग लड्ने क्षमतामा कमी ल्याउँछ ।

यसो गरौँ

यस्तो अवस्थामा शरीरलाई आरामको आवश्यकता पर्छ । शरीरलाई चिसोबाट बचाउँदै न्यानो राख्नुपर्छ ।

नुनपानीले कुल्ला गर्दा पनि समस्या थप बल्झन पाउँदैन । विशेषगरी घाँटीको संक्रमणमा कुल्ला गर्न अनिवार्य हुन्छ ।
नाक बन्द भएको अवस्थामा मनतातो नुनपानीले नियमित सफा गर्नुपर्छ ।

कहिलेकाहीँ सामान्य रुघा तथा फ्लुले जटिल रूप लिन पनि सक्छ । त्यसैले यस्तो समस्यामा हेलचेक्र्याइँ नगरी चिकित्सककहाँ जान जरुरी हुन्छ ।

नयाँ पत्रिकाबाट